भोजपुरमा भिरबाट ढुङ्गा झर्दा जेसीवी पुरियो ..


भोजपुर, १३ वैसाख ।
भोजपुर नगरपालिका –१२ च्यादुने वेंसीमा टक्सार पिखुवा हाइड्रोपावरको निर्माणको लागि प्रयोग भएको जेसीवी भिरबाट ढुङ्गो झर्दा पुरिएको छ ।

निर्माण क्षेत्रमा काम गरिरहेको बा. २ झ ७४१५ नम्वरको जेसीवीको भिरबाट ढुङ्गो झर्दा क्षति ग्रस्त भएको हो । वुधवार अचानक भिरबाट झरेको ढुङ्गाले पुरिदा जेसीवीको बुम सिलिन्डर भाँचिएको, ४ ओटा हाइड्रोलिक पाइप टुटेको, वे्रकर भाँचिएको, इन्जिनको भाग पुरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जेसीवीका चालकले भने हामफालेर ज्यान वचाएको प्रहरीको भनाई छ । पुर्ण क्षतिको विवरण आउन वाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार