गृह मन्त्रालयद्वारा भोजपुर सहित ६० सिडिओको सरुवा (विवरणसहित)


वैशाख १३,काठमाडौँ ।

गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार ति सबैलाई सरुवा गरेको हो । गृहको सरुवा विवरण अनुसार चितवनका नारायण प्रसाद भट्ट भक्तपुर, काभ्रेका शिव शिंखडा क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, भक्तपुरका द्रोण पोखरेल सर्लाही सरुवा गरिएका छन्।

त्यसैगरी बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन पुर्‍याइएका छन्। गृहका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाइएको छ भने पर्साका विनोदकुमार सिंलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पुर्याइएको छ।

रुपन्देहीका हरिप्रसाद मैनालीलाई कारागार व्यवस्था विभागका महानिर्देशक बनाइएको छ भने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक कृष्णबहादुर राउतलाई काभ्रे पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार