भोजपुर, १३ वैसाख ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका दुई जवानले रगत दिएर एक सुत्केरीको ज्यान वचाएका छन् । जिल्ला अस्पतालमा सुत्केरी भएकी भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –५ खावाकी एक महिलाको रगत दिएर प्रहरीले ज्यान वचाएको हो ।
सुत्केरी भए पस्चात अत्याधिक रक्तस्राव भएकी स्थानिय २३ वर्षीय अप्सरा राईलाई जिल्ला प्रहरी कार्यालयका जवानहरु जय प्रकास शाह र अमिर राईले रगत दिएका हुन् । मंगलवार राती १० वजे छोरा जन्मिएकी राईको अत्याधिक रक्तस्राव भए पछि जवानद्धोयले राती साढे ११ वजे अस्पतालमा पुगेर रगत दिएका हुन् । प्रहरीद्धोय राती १ वजे सम्म वसेर विरामीलाई रगत दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए । उनले भने ‘मध्ये रातमा अकस्मीक फोन आयो, हामीले तत्काल व्लड ग्रुप मिल्ने दुई प्रहरी जवानलार्ई राती नै त्यहा पठाएर सहयोग गरेका हौ ।’
अहिले सुत्केरी राईको अवस्था सामान्य रहेको परिवारले जनाएको छ । प्रहरीले आपतको समयमा मध्येरातमा पनि रगत दिएर ज्यान वचाई दिएकामा परिवारले खुसी व्यक्त गरेको छ । सुत्केरी महिलाकी नन्दा मनिता राईले आपत परेको वेला सहयोग गर्ने जिल्ला प्रहरीका कार्यालय भोजपुरसंगै जवानद्धोयालाई धन्यवाद दिदै जिल्लामा एटटा व्लड वैक राख्न पहल गर्नका लागि सवैमा आग्रह गरिन् ।
उनले भनिन् ‘पहिला सामन्य अवस्थामा सुत्केरी भएको थियो, तर ११ वजेबाट अत्याधिक रक्तस्राव भए पछि विरामीको अवस्था नाजुक वन्दै गयो, त्यसपछि डाक्टरहरुले रगतको व्यावस्था गर्नु भन्नु भयो, म आपतमा परे । आफन्तहरुलाई फोन गरे रातको समय भएकाले धेरैले फोन उठाएनन्।’
त्यसपछि मैले प्रहरीको कन्ट्रोलमा फोन गरे तत्काल प्रहरी भाईहरु आएर सहयोग गरे जिल्ला प्रहरी कार्यालयले मलाई आपत समय गरेको त्यो सहयोग कहिलै भुल्दिन उनले भावुक हुदै भनिन् ।