ट्रिपरको ठक्करबाट दम्पतीको घटनास्थलमै मृत्यु


बिर्तामोड। झापाको कनकाई नगरपालिकास्थित दुर्गापुरमा मंगलवार भएको सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा बेलुका ४ बजेर ५० मिनेटमा पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ४२०८ नम्बरको स्कुटीलाई सोहिदिशातर्फ जाँदै गरेको ना ७ ख ८०१८ नम्बरको ट्रिपरले ठक्कर दिदा दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा स्कुटी चालक धनकुटा देव्रेवासका ४२ बर्षिय राजेश श्रेष्ठ र उनकी श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जनाइएको छ । उनीहरुका छोरा रोशन श्रेष्ठ सामान्य घाइते रहेका छन् । दुवै सवारी र चालकलाई जिल्ला ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार