प्रदेश नम्बर एकलाई मुलुककै नमूना बनाईन्छ, मूख्यमन्त्री शेरधन राई


खोटाङ, ११ बैसाख । मूख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एकलाई मुलुककै नमुना बनाईने बताएका छन् । सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर बिकास योजनाको मस्यौदा सार्वजनिकीकरण गर्दै मूख्यामन्त्री राईले राईले हिमाल, प्राकृतिक, धार्मिक तथा ऐतिहासिक श्रोतका कारण प्रदेश नम्बर १ लाई संबृद्ध बनाउने प्रशस्त सम्भावना रहेको उल्लेख गरेका हुन ।

हेलीकोप्टरबाट दिक्तेल आएका मूख्यामन्त्री राईले प्रदेशले नमूना प्रदेश बनाउने संकल्पका साथ काम सुरु गरेको बताएका छन् । कृषि, पर्यटन, जलश्रोत र उद्योगको बिकास गर्दै प्रदेशलाई नमूना बनाउने संकल्पकासाथ अघि बढेको मूख्यामन्त्री राईको भनाई थियो । मूख्यामन्त्री राईले रुद्राक्ष, चिया, लालीगुराँसको राजधानीकारुपमा रहेको तथा हलेसी, पाथीभरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलका कारण प्रदेशको भविष्य उज्ज्वल रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार