
भोजपुर, ९ वैसाख ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
२ सय १३ जनालाई नागरिकता, १६ जनालाई अपाङ्गता परिचय पत्र वितरणसंगै जिल्ला स्वास्थ्य कार्यालय मार्फत २ सय १२ र जिल्ला आयुर्वेद कार्यालय मार्फत एक सय ५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्, भने पशुसेवा कार्यालयको तर्फबाट २ सय ४५ जनाले परामर्श लिएका छन् ।
त्यस्तै जिल्ला वन कार्यालयले करिव नौ सय र भु-संरक्षण कार्यालयले ६ सय ५० ओटा फलफुल तथा अन्य विभिन्न जातको विरुवा वितरण गरेको छ । त्यस्तैगरी वन कार्यालयले एक सय ५० वन सम्वन्धी पुस्तक र ५ सय ओटा पम्प्लेट वितरण गरेको छ ।
स्थानीय स्तरका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सबै खालका सेवा दिने उद्धेश्यले सिविर सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधीकारी उपेन्द्र न्यौपानेले वताए ।
गाउँपालिका अध्यक्ष किरण राईले आफ्नो गाउँपालिकाका शिविर सञ्चालन गरि सवै खाले सेवा एक साथ दिएकोमा जिल्ला प्रसासन कार्यालयसंगै अन्य विषयगत कार्यालयलाई धन्यवाद ज्ञापन गरे । आफ्नै ठाउमा सवै खाले सेवा एक साथ पाएकोमा स्थानिय पनि खुसी भएका छन् ।