
भोजपुर,३ वैसाख । भोजपुरको ट्याम्केमैयुङ्ग गाउँपालिका–१ मा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
सोही वडाको खम्वुखा वस्ने स्थानिय ४७ वर्षीय महेन्द्र वहादुर तामाङ्गको ज्यान गएको प्रहरीले जनाएको छ । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङ्गको मादक पदार्थ सेवन गरि घर फर्केने क्रममा नयुखर्क सामुदायिक वनको भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली घटना स्थलमा पुगी आवश्यक प्रक्रिया पुरा गरि सवलाई पोष्टमार्टमको पछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।