छतबाट खसेर इटहरीमा एकको मृत्यु


सुनसरी । घरको छतबाट खसेर इटहरीका एक युवाको ज्यान गएको छ । इटहरी ९ स्थित विपी चोकमा रहेको दुईतले घरबाट खसेर दोलखा बस्ने ३१ बर्षका ज्ञानबहादुर सुनवारको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृतक सुनुवार विपी चोकस्थित रवि फ्रेस हाउसमा काम गर्ने मजदुर हुन् ।
स्थानीय रोशन न्यौपानेको घरमा डेरा गरी बस्दै आएका सुनवार घरको दुई तलामाथिबाट झरेको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले जानकारी दिए । मृतक सुनुवारले राती अत्याधिक मादक पदार्थ सेवन गरेको कारण छतबाट खसेको हुनसक्ने राउतले बताए ।
शवको पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार