भोजपुर, ३० चैत्र ।
एक नम्वर प्रदेश स्तरिय अन्तर जिल्ला दोस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको उपाधि भोजपुरले हात पारेको छ ।
शुक्रबार संखुवासभामा सम्पन्न भएको फाइनल खेलमा सङ्खुवासभालाई सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि चुमेको हो । बिजेता भएसंगै भोजपुरले नगद एक लाख सहित एक लाख सय दश तोला चाँदीको रनिङ शिल्ड हात पार्यो भने उपविजेता बनेको सङ्खुवासभाले नगद ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।
बिहिबार भएको सेमिफाइनल खेलमा भोजपुरले सुनसरीलाई र सङ्खुवासभाले झापालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । यता सुनसरीलाई हराउर्दै झापा जिल्ला तेस्रो भएको छ । उसले नगद ३० हजार प्राप्त गर्यो ।
खेलमा प्रथम द्धितिय र तृतिय हुने टिमका खेलाडिहरुलाई जनहि क्रमश ३ तोला, २ तोला र १ तोलाको चाँदिको मेडल प्रदान गरिएको सुर्य वोडिङ स्कुलका प्रधानाध्यापक तिर्थराज पन्तले जानकारी दिए ।
प्रदेश नम्वर एक स्तरिय