भोजपुर,२७ चैत्र ।
भोजपुरको षडानन्द नगरपालिका –२ कुदाकाउलेको भोटेछापमा चट्याङ्ग लागेर युवतीको ज्यान गएको छ । मंगलवार दिउँसो १ः३० वजे पानीसंगै परेको चट्याङ्गले घरमाबसी रहेकी २१ वर्षीय मुना भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङ्गले मृत्यु भएको खवर पाउन साथ इलाका प्रहरी कार्यालय दिंलाबाट प्रहरी घटना स्थल तिर गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यस्तै साल्पासिलिछो गाउँपालिका कुलुङ्गका स्थानिय कुलमान राई गोठमा सोमवार परेको चट्याङ्गले एउटा गाई र एउटा सँुगुर र स्थानिय सुजन कटुवालको वोइलर फर्ममा रहेका १० ओटा कुखुरा समेत मरेको प्रहरीको भनाई छ ।