जिप दुर्घटना, ३ जनाको मृत्यु


२६ चैत । सिन्धुपाल्चोकको मेलम्चीबाट रातमाटे जाँदै गरेको बोलेरो गएराति ९ बजे दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुरेश तामाङ, मोति अधिकारी र कमल स्याङ्बो रहेका छन् । उनीहरुको ठेगाना खुलेको छैन ।

मेलम्ची नगरपालिका ९ पिपलटारमा बा १८ च ४६९९ नम्बरको बोलेरो सडकबाट २५० मिटर तल भिरमा खसेको प्रहरीले जानकारी दिएको छ ।

कच्ची बाटो र पानी परेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार