
भोजपुर,२४ चैत्र ।
जिल्ला शिक्षा कार्यालय भोजपुरले आइतवार हुने साक्षर जिल्ला घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसै अवसरमा कार्यलयले एक कार्यक्रम गरि विभिन्न प्रतिभाहरुका छनौट समेत गरेको छ । कार्यलयले जिल्ला भरिका विद्यालयहरुका प्रतिभा छनौटको लागि जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम पनि गरेको हो । कार्यालयले नृत्य , विज्ञान प्रविधि प्रर्दशनि र साहित्य अन्तर्गतका प्रतिभाहरुको छनौट गरेको छ ।
जसमा नृत्य तर्फ प्रतिभा लुईटेल प्रथम, एलिसा सुवेदी दितिय हुनु भएको छ । त्यस्तै गाएन तर्फ अनिता आले मगर प्रथम, देव सुन्दास दितिय, साहित्य तर्फ सन्जित राई प्रथम, सवनम वगम दितिय र तृतिय अन्जना कटुवाल भएकी छिन् ।
त्यसै गरि विज्ञान प्रर्दशनि तर्फ अजय विक प्रथम, रोसन पराजुली दितिय, र तृतिय विमला आर्चय भएको श्रोत व्याक्ती ध्रुवराज रेग्मीले जानकारी दिए । प्रथम दितिय र तृतिय हुनेले क्रमश दुई हजार, एक हजार पाँच सय र एक हजारको साथमा प्रमाण पत्र पाएका छन् ।















