प्रहरीमाथि खुकुरी प्रहार


झापा, २१ चैत । झापाको भद्रपुर नगरपालिका–४ मा मंगलबार राती खुकुरी प्रहारबाट गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भई प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी जवान पुण्यप्रसाद पोखरेल रहेका छन् ।

स्थानीय पुण्यप्रसाद पुरीको घरमा लगाएको पुराणमा अस्थायी प्रहरी चौकी महेशपुरबाट गस्ती गर्दै जाने क्रममा सोही ठाउँका अन्दाजी ३५ बर्षीय सुवास राइले मादक पदार्थ सेवन गरी उनीहरुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते दुवै प्रहरीको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने राईलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार