भोजपुर, १९ चैत्र ,
संयुक्त वस व्यावसायी संघ भोजपुरको अध्यक्षमा गोपाल मोक्तान सर्वसम्मत चयन भएका छन् । सोमवार भएको पहिलो एकता जिल्ला अधिवेसनले मोक्तानलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा कमल खड्का, उपाध्यक्ष धनकुमार राई, महासचिव कृष्ण कोईराला सचिव पाण्डप राई र कोषाध्यक्ष साङ्गे शेर्पा सहित ९ सदस्य चयन भएका छन् । यस्तै सदस्यहरुमा लिलाहाङ राई, कल्याण अधिकारी र नरराज राई निर्वाचित भएका छन् । अधिवेसनले संरक्षकमा भरत तामाङ्गलाई तोकेको छ । त्यस्तै गरि चुडामनी दाहालको संयोजकत्वमा चार सदस्य सल्लाकार समिति, सञ्जय कोराईरालाको संयोजकत्वमा तीन सदस्य संयोजन समिति र उपेन्द्र कटुवालको संयोजकत्वमा तीन सदस्य डाएल संयोजन समिति समेत गठन गएिको छ ।
अधिवेसनको खुल्ला शत्रमा वोल्ने वक्ताहरुले देशको विकासमा यातयात क्षेत्रको अत्यन्तै ठुलो महत्व रहेको वताउदै सवै वस व्यावसायीकहरु एक भएर लाग्नु पर्ने वताएका थिए । यातयातका क्षेत्रमा अस्वास्थ्य प्रतिपर्धा भए त्यसले सर्वसाधरण संगै स्वयम व्यावसायीलाई समेत नोक्सानी हुने भएकोले सवैले एक भएर लाग्नु पर्नेमा सहभागीको जोड थियो ।
कार्यक्रममा वोल्दै राष्टिय यातायात महासंघ प्रदेश नं –१ का सल्लाहाकार सदस्य, संयुक्त यातायात संघ भोजपुरका संरक्षक तथा कार्यक्रमका प्रमुख अथिति भरत तामाङ्गले निजी क्षेत्रबाट सवै भन्दा वढी लगानीमा सञ्चालनमा आएको क्षेत्र भनेको यातयात वताउदै यसका लागि राज्यले पनि ध्यान दिनु पर्ने वताए ।
रोजगारी सृजनामा पनि यातयात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको तामाङको भनाई थियो । उनले भने‘देशमा निजी क्षेत्रको निकै ठुलो लगानी भएको व्यावसाय भनको हाललाई यातयात हो, त्यसैले यसको सुरक्षाको दायित्व भनेको राज्यको पनि हो ।’