आँखा फुटाई दिने भोजपुर मानेभञ्याङ्गका एक व्यक्ति पुर्पक्षका लागि थुनामा


भोजपुर, १९ चैत्र ।

जिल्ला अदालत भोजपुरले कुटपिटमा संलग्न एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गत १ फागुनमा सामान्य विवादमा स्थानीय २१ वर्षीय अजय मगरको देब्रे आँखा फुटाइ दिएको र ३० वर्षीय प्रदीप तामाङको दाँत भाँचिदिएका कारण रामप्रसाद राई गाउँपालिका–५ मानेभन्ज्याङका २४ वर्षीय मीनबहादुर बस्नेतलाई थुनामा राख्न आदेश दिएको हो ।

 

पीडीतहरूले दिएको उजुरीका आधारमा प्रहरीले बस्नेतलाई गत २२ फागुनमा पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि आइतबार अदालतले थुनामा राख्न आदेश दिएको हो । वस्नेतको अंगभंग गरेको विरुद्ध परेको मुद्धाको फैसला भने हुन वाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार