आफ्नै छोराको खुकुरी प्रहारबाट बाबु, आमा गम्भिर घाइते


मोरङ, ११ चैत्र ।
मोरङमा छोराको खुकुरी प्रहारबाट आमा वावु घाइते भएका छन् । सुन्दर हरैचा नगरपालिका ३ बस्ने २४ बर्षिय कृष्ण धामीले शनिबार आफ्नै ५५ वर्षीय बाबु राम बिलास धामी र आमा ४५ बर्षिया दसमी धामीलाई खुकुरी प्रहार गरेका हुन् ।

बेलुका ८ बजेतिर सामान्य विवाद हुँदा कृष्णले बाबु आमालाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा गहिरो चोट लागेका दम्पतीको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ, भने खुकुरी प्रहार गर्ने कृष्ण इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणामा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार