ओखलढुङ्गा, १० चैत्र ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका- ८ खिजिकातिमा छोराको खुकुरी प्रहारबाट वावु घाइते भएका छन् ।
सोही स्थानका ५० बर्षिय गुमन सिह सुनुवार आफ्नै छोराको खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन्। सुनुवारलाई शुक्रबार दिउँसो १२ बजेतिर सामान्य विवाद हुँदा छोरा २५ बर्षिय जिबन सुनुवारले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका सुनुवारलाई उपचारको लागी काठमाण्डौ लगिएको छ, भने खुकुरी प्रहार गर्ने जिबनलाई इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणामा लिएको छ।