भोजपुर १० चैत्र । भोजपुरको आमचोक गाउँपालिका अन्तगर्तका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । शुक्रबार गाउँपालिकामा रहेका आठ वटा स्वास्थ्य चौकी जनस्वास्थ्य कार्यालय भोजपुरले एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य मन्त्रालयको स्थानिय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्ने निर्णय अनुसार ती स्वास्थ्य संस्था स्थानिय तहलाई हस्तानत्रण गरिएको जनश्वास्थ कार्यालय भोजपुरले जनाएको छ ।
एक कार्यक्रम मार्फत स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जिल्ला जनश्वास्थ्य स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख त्रिभुवन चन्द्र झाले जानकारी दिए । प्रमुख झाले आमचोक गाउँपालिकाका अध्यक्ष असोक राईलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएका स्वास्थ्य चौकीहरुमा वासिङ, यूँ थिदिंखा, वालंखा, पावला, देवानटार, दुम्माना, र पाङ्चा रहेका छन् ।
स्थानीय तह कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरू स्थानीय तहमै गए पनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधार लगायत सम्पूर्ण अधिकार औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुखको भनाई छ ।