भोजपुर ५ चैत्र । जनस्वास्थ्य स्वास्थ्य कार्यालय भोजपुरले स्थानिय तहलाई स्वास्थ्य चौकी हस्तानत्रण गरेको छ । पौवादुम्मा गाउँपालिका अन्तगर्तका स्वास्थ्य संस्था आज (सोमवार) स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
एक कार्यक्रम बिच श्यामशिला, तिवारीभञ्ज्याङ, च्याङगे्र, वास्तीम, सानोदुम्मा, ठुलोदुम्मा रहेका स्वास्थ्य संस्था हस्तानत्रण गरिएको हो ।
स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय अनुसर पौवादुम्मा गाउँपालिकाका स्वास्थ्य चौकी जनस्वास्थ्य स्वास्थ्य कार्यालय भोजपुरका निमित्त कार्यालय प्रमुख राजु श्रेष्ठले पौवादुम्मा गाउँपालिकाका अध्यक्ष कीरण राईलाई हिस्तान्तरण गरेका हुन ।
स्थानीय तह कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरू स्थानीय तहमै गए पनि कार्यालयमातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारलगायत सम्पूर्ण अधिकार औपचारिक रूपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताए ।