अधिकृतलाई डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास


चितवन ३, चैत। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि शनिबार बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७, कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भन्नुभयो, –डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।’ आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले वताए ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भन्नुभयो– ‘तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।’ १९/२० वर्ष उमेरको एउटा र ३५/३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उहाँले बताउनुभयो । सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उहाँले बताउनुभयो ।

हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले वताए ।  तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार