ट्रक दुर्घटनामा दुई कर्मचारीको मृत्यु


धनकुटा २९ फागुन । धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर मंगलबार दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना ५ ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् ।

ट्रक चालक रामेछाप मन्थली नगरपालिका(७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् ।

घाइतेहरूलार्इ उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार