
धनकुटा, २९ फागुन ।
धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने, दुई घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–९ घण्टेमा स्काभेटर वाकेर आउँदै गरेको ना. ५ ख. १९२५ नम्बरको ट्रक ब्रेकफेल भएर पल्टिएको हो ।
दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका–७ का ४५ बर्षीय रामजीत राई र वीर बहादुर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी ट्रकचालक रामेछाप मन्थली–७ का ४५ बर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० बर्षीय समन तामाङ, स्काभेटर लिएर आएका बाग्मती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाईते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।संगालो खवरबाट