भोजपुरकी चादँनीलाई आर्थिक सहयोग …


भोजपुर, २७ फागुन ।
भोजपुर नगरपालिका –१२ मा शिशु आधारभुत विद्यालयमा अध्ययनरत एक वालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बाबुको मृत्यु भएको तथा आमा बेपत्ता कक्षा ५ मा अध्ययनरत छात्रा चाँदनी ढकाललाई छात्रवृत्ति स्वरुप एक हजार १ सय ५० रुपैया हस्तान्तरण गरिएको हो ।
काठमाडौ महाराजगञ्जस्थित मनोमोहन हस्पिटलमा कार्यरत लेखा अधिकृत उमा पाण्डेले व्यक्तिगत रुपमा उक्त सहयोग रकम प्रदान गरेकी हुन् । आर्थिक अभावसंगै वालिकाको जन्मदर्ता नहुँदा समस्या भएको विषयमा विभिन्न सञ्चार माध्यमले समाचार प्रकासन तथा प्रसारण गरेका थिए । विभिन्न सञ्चार माध्यममा आएका समाचारको कारण आफुले ती वालिकालाई सहयोग गरेको पाण्डेले वताइन् ।

विद्यालयका प्रधानाध्यापक जीवलक्ष्मी श्रेष्ठ र कार्यरत शिक्षकहरुको रोहवरमा भोजपुर बहुमुखी क्याम्पस भोजपुरका उपप्राध्यापक पोष्टराज लामिछाने र शाखा अधिकृत नोदनाथ त्रितालले संयुक्त रुपमा सो रकम ढकाललाई हस्तान्तरण गरेका हुन् । हाल ढकाल स्थानीय कृष्णकुमारी कार्कीको संरक्षकत्वमा बस्दै आएकी छिन् ।
न्यायशील असल शासन क्लबले भोजपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट विपन्न परिवारका गरीब तथा जेहन्दार विद्यार्थीहरुको नामावली सिफारिस गरिदिन अनुरोध गरेको थियो । सोहि सिफारिसमा परेका छात्रछात्रामध्ये ढकाललाई सहयोग प्राप्त भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार