
भोजपुर,२२ फागुन ।
भोजपुर याकुका एक जनयुद्धका घाइतेलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाली जनप्रगतिशिल मन्च युएई तथा भोजपुर हातेमालो समाज युएईले जनयुद्धका घाइते,तथा अपाङ्ग जिवन बिताइ रहेका भोजपुर याकुका राजन वराइली (रमेश )लाई आर्थिक सहयोग गरेको हो ।
सोमवार सुनसरीको इटहरी स्थित कृष्ण होटलमा आयोजित सम्मान कार्यक्रम मार्फत मन्चका क्षेत्रीय कमिटी आबुधाविका उपाध्यक्ष रामकुमार तिरुवाले नगद ५० हजार तथा सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग रकमको सङ्कलन नेपाली जनप्रगतिशिल मन्च युएइको बिशेष पहल तथा भोजपुर हातेमालो समाज युएईको सकृयतामा गरिएको भोजपुर हातेमालो समाजका महासचिव तिर्थ योन्जनले वताए ।
उक्त रकम सङ्कलनको निमित्त नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय कमिटी आबुधावी अध्यक्ष दिपक न्यौपाने लगायत सम्पूर्ण क्षेत्रीय कमिटी पदाधिकारी तथा केन्द्रिय कमिटी साथै भोजपुर हातेमालो समाजका अध्यक्ष ज्ञानेन्द्र रार्इ तथा समाजका सम्पूर्ण टिम सकृयता पुर्वक लागेका थिए ।
पारिवारिक आर्थिक अवस्ता कमजोर रहेका वराइली कतै आवत जावत गर्न समेत नसक्ने अवस्तामा यथार्थवोध गर्दै वराइलिको पार्टी राजनिती तथा समाज प्रतिको मायाको उच्च मुल्याङ्कन गर्दै हिडडुल गर्न सहज होस भन्ने अभिप्रायले इलेक्ट्रीकल ह्विलचियर खरीदको लागि सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरेको जनाइएको छ ।