भोजपुरको शिद्धेश्वरमा विद्युतको उद्घाटन, प्रमुख भण्डारी सम्मानित


प्रमुख खगेन्द्र भण्डारीलाई सम्मान पत्र र मायाको चिनो हस्तान्तरण गर्दै शिद्धेश्वर माध्यमिक विद्यालयका व्यावस्थापन समिति अध्यक्ष हरि वहादुर खड्का ।

भोजपुर, २२ फागुन ।
भोजपुरको पश्चिमि क्षेत्र शिद्धेश्वरमा विद्युतको उद्घाटन गरिएको छ । भोजपुर नगरपालिका अन्तर्गत बोखिम, आहाले, काउले, पोखरी हुँदै दावाँ सम्मको क्षेत्रमा विद्युतको विस्तार गर्ने योजना अनुसार विद्युतको उद्घाटन गरिएको हो ।

केहि समय अगाडीबाट विद्युत विस्तारको लागि सो क्षेत्रमा परिक्षण प्रसारण भइरहेको थियो । तत्काललाई एक सय १० घर धुरीलाई वितरण गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख खगेन्द्र भण्डारीले जानकारी दिए । आइतबारबाट ग्राहकलाई मिटर वितरण गर्न सुरु गरिएको उनको भनाई छ ।

ग्राहकले जति चाँडो वायरिङको काम गर्न सके त्यही अनुसार विद्युत जडानको काम अगाडी वढ्ने कार्यालयले जनाएको छ । स्थानियको विद्युत वाल्ने सपना पुरा गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै भोजपुर नगरपालिका वडा नं– ४ शिद्धेश्वरको वडा कार्यालय र शिद्धेश्वर माध्यमिक विद्यालयले नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख खगेन्द्र भण्डारीलाई सम्मान समेत गरेको छ ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयले २०४७ सालमा विद्युत विस्तारको काम थालनी गरेको भए पनि विचको केहि समयमा अलपत्र परेको विद्युत विस्तारको काम भोजपुर वितरण केन्द्रले चासो दिएको थियो ।

त्यस क्षेत्रका स्थानियहरुले विद्युत विस्तारमा ढिला भएको भन्दै विगतमा पटक –पटक आन्दोलन समेत गर्दै आएका थिए । अव भने ११ केभि विद्युत प्रसारण लाईन शुरु भएसंगै स्थानिय खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार