
भोजपुर,१९ फागुन ।
भोजपुर जिल्लाको पर्यटकिय क्षेत्र सुन्तले डाँडा स्थित सुन्तले वजारमा वर्षाै देखि रहदै आएको खानेपानी समस्या हटेको छ । पानीको समस्या हुँदा स्थानियले वर्षौ देखि खानेपानीको समस्या भोग्दै आएका थिए ।
सुन्तले खानेपानी आयोजनाले वस्ती भन्दा ८ किलोमिटर टाडा घुर्विसेबाट सो क्षेत्रमा खानेपानीको व्यावस्था मिलाएको हो । हिउँदको चार महिनाको समय अवधीमा घण्टौ टाडाबाट डोकोमा पानी ल्याएर खानेपानीको समस्या टार्दै आएको स्थानियको भनाई छ ।
करिव २५ लाख लागत र स्थानियको जनश्रमदानमा खानेपानी सञ्चालन भईरहेको छ । विहीवारबाट सुन्तले वजारमा पानी ल्याउन सफल भएको सुन्तले खानेपानी आयोजनाका अध्यक्ष सुर्य गोलेले जानकारी दिए ।
हाल सुन्तले वजार क्षेत्रका २५ घर परिवार प्रत्यक्ष लाभविन्त भएको उनको भनाई छ ।