भोजपुरमा सामुदायिक मेलमिलाप सम्वन्धी आधारभुत तालिम सम्पन्न


भोजपुर, १७ फागुन ।
भोजपुर जिल्लाका स्थानिय तहका न्यायिक समितिका संयोजक सदस्यहरु लक्षित सामुदायिक मेलमिलाप सम्वन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।

मेलमिलाप सम्बन्धी तालिम स्थानिय तहका उप -प्रमुखको नेतृत्वमा रहेको तीन सदस्य न्यायिक समितिलाई  दिइएको हो । तालिम न्यायिक सदस्यलाई मेलमिलाप सम्बन्धी काम गर्नका लागि सहज गराउने उदेश्यका साथ सञ्चालन गरेको हो । तालिम प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना तथा जिल्ला समन्वय समिति भोजपुरको समन्वयमा सञ्चालन भएको हो ।

 

स्थानीय तहको न्यायिक समितिको पदाधिकारीलाई काम गर्न अन्योल वनिरहेको अवस्थामा तालिम अत्यन्तै उपयोगी वनेको सहभागीले वताएका छन् । आठ दिन सम्म सञ्चालन भएको तालिममा तीस जनाको सहभागिता रहेको थियो ।

 

तालिमको समापन कार्यक्रम विहिवार जिल्ला समन्वय समितिको उप प्रमुख अनिषा खड्काको अध्यक्षतामा भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको प्रमुख लक्ष्मण खड्का तथा विशेष अतिथि जिल्ला अदालत भोजपुरको जिल्ला न्यायाधीश माननीय हरिश्चन्द्र इङ्गनाम रहेको तालिमका सहजकर्ता राजन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार