
भोजपुर, १७ फागुन ।
भोजपुरको पश्चिमि ट्याक्केमैयुङ्ग गाउँपालिका –२ छिनामखुमा श्रीमतीले श्रीमानलाई वन्चरो प्रहार गरेकी छिन् ।
स्थानिय ६८ वर्षिय रत्नमान राईलाई ६२ वर्षिय श्रीतमी नानुमाया राईले सामान्य घरायासी विवाद हुँदा वन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
वन्चरो प्रहारबाट टाउकोमा चोट लागेका राईको स्थानिय क्लिनिकका सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।