भोजपुरको कुदाकाउलेमा स्काइभेटरमा आगजनी


भोजपुर, १७ फागुन ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका –२ कुदाकाउलेको सतुवा भन्ने ठाउँमा अज्ञात समुहले स्काइभेटरमा आगजनी गरेका छन् ।

 

कुदाकाउले देखि दाङमाया सम्मको सडक निर्माणको लागि राखिएको ना १ क ७५३२ नम्वरको स्काइभेटरमा आगजगी भएको हो ।
वुधवार राती करिव १२ वजेको समयमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगजनीबाट स्काइभेटर पुर्ण रुपमा जलेर नश्ट हुँदा एक करोडको क्षति भएको प्रहरीको भनाई छ । आगजनी गर्ने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार