भोजपुर, १५ फागुन ।
भोजपुरको दक्षिणी घोडेटारमा रहेको नेपाल टेलिकमको विटीयस टावरमा विद्युत जडान गरिएको छ विद्युत विस्तार भएको लामो समय सम्म विद्युत जडान नहुँदा स्थानियले मोवाइल सेवामा समस्या हुने गरेको गुनासो गर्दै आएका थिए ।
यस अघिको समयमा सोलार प्रणाली मात्र जडान गरिएको सो टावरमा मौसमको खरावी भएको अवस्थामा मोवाइल सेवामा निकै समस्या हुने गरेको थियो । स्थानियको गुनासो वढे पछि विभिन्न सञ्चार माध्यमले सो सम्वन्धी खवर प्रसारण तथा प्रकासन गरेका थिए । विद्युत जडानका विषयमा भईरहेको ढिला सुस्तीको विषयमा विभिन्न सञ्चार माध्यमले खोजी समेत गरेका थिए ।
नेपाल टेलिकमले विद्युत जडानका लागि विद्युत प्राधिकरणमा गत पौष महिनामा नै निवेदन दिएको जनाएको भए पनि विद्युत भने जडान हुन सकेको थिएन । तर पछिल्लो समयमा सम्वन्धीत कार्यालयले सो टावरमा विद्युत जडानको लागि निकै तिव्रताका साथ काम वढाएसंगै टावरमा विद्युत जडान भएको हो ।
विद्युत जडान भएसंगै अव सो क्षेत्रको मोवाइल सेवामा सुधार हुने नेपाल टेलिकम भोजपुरले जनाएको छ । टावरमा विद्युत जडानसंगै अव मोवाइल सेवामा सुधार हुने भए पछि सो क्षेत्रका स्थानिय हर्षित वनेका छन् ।