भोजपुरको पश्चिमि क्षेत्रमा विद्युतको परिक्षण प्रसारण गरिदै, यी हुन् विद्युत विस्तार हुन लागेका क्षेत्र ..


भोजपुर, १४ फागुन ।
भोजपुरको पश्चिमि क्षेत्रका केहि स्थानमा विद्युतको परिक्षण प्रसारण हुने भएको छ । भोजपुर नगरपालिका अन्तर्गत  बोखिम, आहाले, काउले, पोखरी हुँदै दावाँ सम्मको क्षेत्रमा विद्युतको परिक्षण प्रसारण गर्न लागिएको हो ।

सो क्षेत्रमा विद्युत विस्तारको काम सम्पन्न भएसंगै विद्युतको परिक्षण प्रसारण गर्न लागेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयले २०४७ सालमा विद्युत विस्तारको काम थालनी गरेको भए पनि विचको केहि समयमा अलपत्र परेको विद्युत विस्तारको काम भोजपुर वितरण केन्द्रले चासो दिएको थियो ।

सोही अनुरुप सो क्षेत्रमा (मंगलवार) भोलीबाट विद्युत परिक्षण प्रसारण गर्न लागिएको हो । ११ केभि प्रसारण लाइन तथा वितरण लाइन परीक्षण प्रसारण गरी ट्रान्सर्फमर समेत चार्ज गरिने भएकोले सो क्षेत्रमा रहेका विद्युतका पोल, तार, इस्टे, ट्रान्सफर्मर लगायत अन्य सोसंग जडान भएका उपकरणहरु नछुन भोजपुर वितरण केन्द्रले सवैमा आग्रह समेत गरेको छ ।

परिक्षण प्रसारणको काम सम्पन्न भए पश्चात ग्राहकलाई मिटर वितरण गर्ने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार