भोजपुरमा सामुदायिक मेलमिलाप सम्वन्धी  आधारभूत तालिम शुरु


भोजपुर, १० फागुन ।
स्थानीय तहका न्ययिक समितिका पदाधिकारीहरुलाई सामुदायिक मेलमिलाप सम्वन्धी ८ दिवसीय आधारभूत तालिम शुरु भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना तथा जिल्ला समन्वय समिति भोजपुरको समन्वयमा तालिम शुरु भएको हो ।

 

 

तालिम फागुन १७ गते सम्म सञ्चालन हुने छ । तालिमको विहिवार एक औपचारिक कार्याक्रम मार्फत उद्घाटन गरिएको हो । तलिमको प्रमुख प्रशिक्षक सामुदायिक मेलमिलापकर्ता समाजको प्रशिक्षक अधिवक्ता रमेश श्रेष्ठ रहेको जिल्ला वन महासंघ भोजपुरका अध्यक्ष राजन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार