आज नेपाल वन्द, यस्तो छ भोजपुरमा वन्दको प्रभाव


भोजपुर, ८ फागुन ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलवार) नेपाल वन्दको आवहान गरेको छ ।

विराटनगरमा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र पोलिटव्युरो सदस्य पदम राई ‘विकास’ लगाएत अन्य नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाल वन्दको आहवान गरिएको नेपाल कम्निष्ट पार्टी भोजपुरका जिल्ला कमिटि सदस्य नविन राईले जानकारी दिए ।

 

पार्टीले पक्राउ परेका नेता तथा कार्यकर्तालाई विना सर्त रिहाईको माग गर्दै वन्दको आहवान गरेको छ ।वन्दको कारण भोजपुरबाट छुट्ने कुनै पनि यातयातको साधन नछुटेको संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए ।

वन्द कारण देशभरसंगै भोजपुरको पनि जनजिवन प्रभावित भएको छ । वन्दले यातयात, शैक्षिक सस्था कलकारखाना लगाएत वन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार