पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको, मेयर आलेले सञ्चार उपकरण हटाएको प्रति आपति..


भोजपुर,७ फागुन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले सार्वजनिक कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले आफ्नो आवाज रेकर्ड नगर्न भन्दै सञ्चार उपकरण हटाएको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

 

सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै, जनतालाई सत्यतथ्य सुचना दिन लागि सञ्चारकर्मी प्रयोग गरेका त्यस्ता सामग्री हटाउन लगाएको प्रति महासंघले आपति जनाएको हो । मेयर आलेले सोमवार प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको सार्वजनिक कार्यक्रमा वोल्ने क्रममा व्यक्तिगत कुरा गर्ने भन्दै अडियो रेकर्डडर वन्द गर्न लगाएका थिए ।

महासंघद्धारा जारी  विज्ञप्तीमा भनिएको छः 

‘मानिसका व्यक्तिगत कुरा हुन्छन् तर त्यस्ता कुरालाई कहाँ र कस्तो स्थानमा प्रस्तुत गर्ने त्यो सम्वन्धित पक्षलाई नै थाहा होला । तर पनि सार्वजनिक पदधारण गरेको व्यक्तिले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा आफ्नो कुरा रेकर्ड नगर्न भनि दिएको अभिव्यक्ति कतिसम्म न्यायोचित होला ?
विगतमा पनि मेयर आलेले समाचारको विषयलाई लिएर पटक–पटक सञ्चारकर्मीलाई विभिन्न खाले आरोप लगाउदै आएको सर्वविधितै छ । हामी सञ्चारकर्मीले तथ्यको आधारमा समाचार संकलन गर्दै आएको अवस्थामा कतिपय समाचारलाई गलत भएको भन्दै विभिन्न खाले टिका–टिप्पणी गर्दैै आएको अवस्था छ । यस प्रकारका व्यवहारले हामी सञ्चारकर्मीलाई गम्भिर तुल्याएको छ । नेपाली जनताको वर्षौपछिको त्याग र तपस्याले स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका जनप्रतिनिधिले नै सञ्चार क्षेत्रमाथी गरेको व्यवहारले जनताले सुचना पाउने अधिकार कुण्ठित भएको भान भएको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार