भोजपुर, ५ फागुन ।
भोजपुर जिल्लामा यस वर्ष डेढ लाख वढीलाई हात्ती पाइलेको औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा यहि फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको औषधी खुवाउने अभियानमा एक लाख ५० हजार ९ सय ९५ औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।
जसमा २ देखि ५ वर्ष सम्मका ३३ हजार ३ सय ३०, ६वर्ष देखि १४ वर्ष सम्मका एक लाख ७ हजार २ सय ५६ र १५ देखी ७० वर्ष मुनिका ५२ हजार २ सय ९४ जनालाई औषधी खुवाउन लागिएको हो । जसको लागि ४ लाख ६० हजार हात्तीपाईले रोगको र एक लाख ६३ हजार चक्की जुकाको औषधी आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।
औषधी खुवाउने अभियानको लागि जिल्लाभर महिला स्वायम सेविका, र कर्मचारी गरि १७ सय जना परिचालन गरिने भएको छ । जिल्ला भर ६ सय केन्द्रबाट औषधी खुवाइने जनाइएको छ । भोजपुरमा ८ औ पटक औषधी खुवाउन लागिएको हो ।