भोजपुर,२८ माघ ।
न्यायशिल असलशासन क्लव भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा ५ जना विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । क्लवको १७ औ स्थापना दिवसको अवसरमा विभिन्न विद्यालयका असाहय,गरिव तथा विपन्न विद्यार्थीलाई छात्रवृति वितरण गरेको हो ।
क्लवले ४ जना विद्यालय गईरहेका र एक जना विद्यालय वाहिर रहेकालाई विद्यालय ल्याउन पहल गर्ने लक्ष्यका साथ छात्रवृति वितरण गरेको जनाएको छ । क्लवले ४ जनालाई २५ सयको दरले र एक जनालाई २ हजार रुपैया छात्रवृति वितरण गरेको क्लवका अध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । उनिहरुलाई न्यायशिल अक्षय कोष रकमबाट छात्रवृति दिएको उनको भनाई छ ।
छात्रवृति पाउनेहरुमा कालिका माध्यमिक विद्यालयको सिफारिसमा विक्रम दर्जी, दुर्गेश्वरी प्राथमिक विद्यालयको सिफारिसमा युनिसा जोगी, जनकल्याण आधारभुत विद्यालय काफ्लको सिफारिसमा मनिसा राई, यसोधरा माध्यमिक विद्यालयको सिफारिसमा विर वहादुर श्रेष्ठ र शिंह देवी प्राविको सिफारिसमा समिर श्रेष्ठले छात्रवृति पाएका हुन् । छात्रवृतिको लागि भोजपुर नगरपालिका क्षेत्रका ४३ ओटा विद्यालयले सिफारिस पठाएका थिए । त्यस्तै क्लवले जन्म दिनको अवसरमा अन्य खर्च नगरि क्लवलाई अक्षय कोष स्थापना गर्न सहयोग गर्ने रविन शिवा र एक सञ्चार माध्यमलाई पनि सम्मान गरेको छ । शिवाले आफ्नी जीवन साथी विन्दा मग्रातीको जन्मदिनको अवसरमा क्लवको अक्षयकोष स्थापना ५ हजार सहयोग गरेकोले सम्मान गरेको क्लवको भनाई छ ।
पछिल्लो समयमा जन्मदिनको नाममा हुने खर्चलाई जोगाएर सामाजिक हितमा खर्च गर्ने वानिको विकास गर्नु पर्छ र त्यो युवाहरुले नै सुरुवात गर्नु पर्छ भन्ने भावना राख्ने संसनिय काम गरेकाले क्लवले सम्मान गरेको क्लवका अध्यक्ष प्रधानले वताए ।