भोजपुर २३ माघ ।
भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन् ।
भोजपुर सदरमुकामबाट घरान तर्फ जादै गरेको ना ६ ख ४४२२ नम्वरको ट्रकले विपरित दिशाबाट आउदै गरेको को २५ प ७२७८ नम्वरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार भोजपुर नगरपालिका – ९ भारती टोलका २३ वर्षिय संजिव भारती घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भारतीको दाइने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय भोजपुरको भनाई छ । अहिले तत्काललाई प्राथमिक उपचार केन्द्र उपचार प्याउलीमा भईरहेको भए पनि विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटना अहिले साँझ करिव ५ वजे तिर भएको हो ।