भोजपुर, १८ माघ ।
भोजपुर जिल्लामा फागुन १ गतेबाट स्वास्थ्य विमाको सेवा शुरु हुने भएको छ । स्वास्थ्य विमाको लागि तोकिएको जिल्ला अस्पताल र अन्य ३ प्राथमिक स्वास्थ्य केन्द्रसंग विहीवार सेवा सम्झौता भएसंगै फागुन महिनाबाट सेवा शुरु हुने भएको हो । भोजपुरमा तोकिएका सेवा प्रदायक सस्थाहरु र नेपाल सरकार स्वास्थ्य विमा वोर्ड विच सम्झौता भएको हो ।
सम्झौता ३ वर्ष सम्म रहने जनाइएको छ । सेवाको स्थानिय तह, व्यावस्थापन समित र स्वास्थ्य सस्थाका डाक्टरसंग त्रिपक्ष सम्झौता भएको हो । त्यस्तै भोजपुरका ४ ओटा स्वास्थ्य सस्था वाहेक जिल्ला स्वास्थ्य कार्यालय संखुवासभा र जिल्ला स्वास्थ्य कार्यालय धनकुटासंग पनि स्वास्थ्य सेवा सम्झौता गरिएको छ । स्वास्थ्य विमाको सेवा लिन सकिने भोजपुरका ४ ओटा स्वास्थ्य सस्थालाई एक ओटा ल्यापटप र एक ओटा मोवाइल समेत हस्तान्तरण गरिएको छ ।
गत पौष २४ गतेबाट भोजपुर जिल्लामा स्वास्थ्य विमा दर्ता प्रक्रिया शुरु गरिएको थियो । यो अवधीमा भोजपुर जिल्लामा १५ सय वढी स्वास्थ्य विमा गरिसकेको स्वास्थ्य विमा कार्यक्रमका भोजपुर संयोजक नवराज श्रेष्ठले जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्का अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख अनिशा खड्का, भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले, षडानन्द नगरपालिकाका मेयर विरवल राई, हतुवागढी गाउपालिकाका प्रमुख प्रेमकुमार राई, अरुण गाउँपालिकाका प्रमुख गजेन्द्र कार्की, पौवादुङ्मा गाउँपालिका प्रमुख किरण राई लगाएत विभिन्न वडाका वडा अध्यक्षहरु स्वाथ्य विमा कार्यक्रमका पदाधीकारीहरु, विभिन्न स्वास्थ्य सस्थाका कर्मचारी सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।