भोजपुर, १४ माघ ।
कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शनिवार साँझ भोजपुर नगरपालिका –१० भैसीपंखामा ट्याक्टर चालकलाई कुटपिट गरेको अरोपमा भोजपुर नगरपालिका – २ हेलौछाका अतित भनिने भक्त वहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङ्ग सहित ५/ ६ जनाको समुहले ना ४ त ५८५२ नम्वरका ट्याक्टर चालक तेह्रथुम जिल्ला लालिगुँरास नगरपालिका घर भै हाल भोजपुरको हेलौछामा वस्दै आएका उमेश खत्रीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट पछि फरार रहेका गुरुङ्गलाई प्रहरीले आइतवार विहान ११ वजे नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ । कुटपिटमा सम्लग्न अन्यको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । गुरुङ्ग सहितको समुहले भोजपुर सदरमुकाम तर्फ आउदै गरेको सो ट्याक्टरलाई वेलुका ७: ३० वजे विच वाटोमा रोकेर कुटपिट गरेको प्रहरीको भनाई छ ।