भोजपुर १३, माघ ।
धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।
मृदुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल र मोरङकै पह्लाह न्यौपाने, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको मृत्यु भएको छ । सुमोमा ११ यात्रु सवार थिए ।