भोजपुरमा मातृ सुरक्षा चक्की सम्वन्धी अन्तरक्रिया..


भोजपुर, १० माघ ।
भोजपुर जिल्लामा मातृ सुरक्षा चक्कीको विषयमा जानकारी दिने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको छ । । महिलाहरु घरमै सुत्केरी हुँदा हुने सक्ने अत्याधीक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की प्रयोग गर्न सकिने कार्यक्रम मार्फत जानकारी दिएको थियो । सुत्केरी हुँदा रक्तश्रावको कारण भोजपुरमा पनि धेरै महिलाहरुले अकालमा ज्यान गुमाइरहेकोले यसको रोकथामको लागि सो चक्की प्रयोग गर्न सकिने वताइएको छ ।जिल्ला स्वस्थ्य कार्यालय भोजपुरको आयोजना र वानहर्ट वल्र्ड वाइड नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । जनचेतनाको अभावका कारण घरैमा बसेर सुत्केरी गराउँदा हुन सक्ने अन्य खतराको विषयमा समेत छलफल गरिएको थियो ।

घर नजिकै बर्थीङ सेन्टर हुँदा समेत पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेकोले रक्तश्रावको कारण धेरैको ज्यान जाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्ता समस्याको निराकरणको लागि जिल्ला भर बर्थिङ सेन्टर सञ्चालन गर्ने सरकारको योजना रहेपनि हाल ३० ओटा मात्र बथिङ सेन्टर सञ्चालमा रहेको वताइएको छ ।

जस मध्ये सञ्चालनमा रहेका २८ ओटा बर्थिङ सन्टरलाई वानहर्ट वल्र्ड वाइडले सहयोग गरेको वानहटका Co-ordinater रविन जोसीले जानकारी दिए । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार