राष्ट्रियसभा उम्मदेवारमा प्रदेश नम्बर १ बाट एमालेका को को सिफारिस भए ? ( सूची सहित )


काठमाडौं ८ माघ। राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने सम्भावना छ ।

प्रदेश नम्बर १ बाट एमालेले कोटाभन्दा धेरैको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा जगन्नाथ खतिवडा, अग्नि खरेल, पर्शुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, युवराज कार्की, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, रविन कोइराला, दाताराम खनाल, खगेन्ऽ चुँडाल, देवेन्ऽ दाहाल, दीपक कार्की सिफारिस छन् ।

त्यस्तै मफुद अन्सारी, तैयव हुसेन, पीके राई, गोपाल गुरागाईं, किशोरचन्ऽ दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा।देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, सुमित्रा भण्डारी, मालती सुब्बा, तारा ढकाल, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, ऽोण रेग्मी, डीपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, दुर्गा लिंखा पनि सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार