भोजपुर, ७ माघ ।
भोजपुर जिल्लामा गत मंसिर १० गते सम्पन्न भएको प्रदेश र प्रतिधिनि सभा निर्वाचनका १४ जना उमेदवारले मात्र खर्च विवरण वुझाएका छन् । दुवै निर्वाचनमा उमेदवार वनेका २१ जना उमेद्धावार मध्ये ७ जनाले अझै खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जसमा प्रतिनिधि सभा तर्फ दुई जना, प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं –एक बाट २ जना र भोजपुर क्षेत्र नं २ बाट उमेदवार वनेका २ जनाले खर्च विवरण नवुझाएका हुन् । प्रतिनिधि सभा तर्फ खर्च विवरण नवुझाउनेमा नयाँ शक्तीपार्टीका युवराज कटुवाल र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका, केदार राई मेवाहाङ्ग रहेका छन् छ।
त्यस्तै प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं एक बाट उमेदवार वनेका संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका,उत्तम राई, र राष्ट्रिय जनता पार्टी नेपालका सुवास राईले खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै भोजपुर क्षेत्र नं –२ बाट संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जित वहादुर राई र संघिय खम्वुवान लोकतान्त्रिक पार्टी नेपालका सुवास राईले पनि खर्च विवरण नवुझाएको उनको भनाई छ । निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ २५ लाख र प्रदेश सभा तर्फ १५ खर्च गर्न पाउने अधितम सिमा तोकेको थियो । खर्च विवरण वुझाउने उमेदवार कसैले पनि खर्चको विल भने पेश नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तो छ, खर्चको विवरण
प्रतिधिनि सभा तर्फ उमेशजंग रायामाझी १ लाख २२ हजार, सुधन किराती, १४ लाख ५० हजार, अनिल वस्नेत ९ लाख ९६ हजार ५ सय, चन्द्र प्रसाद राई ६१ हजार,ध्रुवराज राई ३ लाख ९९ हजार,डिल्लीराम वोहरा, ६७ हजार ८१ रुपैंया । प्रदेश सभा तर्फ भोजपुर क्षेत्र नं – १ मा अजम्वर राई काङ्माङ्ग १२ लाख २५ हजार २ सय ६७, राजेन्द्र कुमार राई ७ लाख २७ हजार ५ सय दुई , प्रशुराम राई, ७ लाख २२ हजार ८ सय ५०, आङ्डेन्डी शेर्पा १ लाख १ सय, मोजेज राई ३४ हजार ।
भोजपुर क्षेत्र नं –२
गोविन्द वहादुर कार्की ६ लाख ६६ हजार ८ सय, शेरधन राई ९ लाख ८६ हजार २ सय, यादव कुमार पाण्डे ६ लाख ५६ हजार, देव प्रसाद राई, १ लाख २ हजार । जिल्ला निर्वाचन कार्यालय दिएको जानकारी अनुसार ।