धनकुटा, ६ माघ ।
कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेस धनकुटाले आज साँझ पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले साधारण सदस्यसमेत नरहनेगरी सामुहिक राजिनामा दिएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पार्टी सभापति अग्नी प्रशाद पौडेलले धनकुटालाई अन्याय हुँनेगरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सवैले राजिनामा दिनुपरेको जानकारी दिएका छन् ।संगालो खवरबाट