बाबुराम बास्तोला,
संखुवासभा । गरिवीन्यूनीकरण गर्नको लागि संखुवासभा जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवापुगेको छ ।
दिगो समावेशी बृिद्धको प्रवद्र्धन मार्फत गरिवी न्यूनीकरण तथा जीवनयापन स्तरमा सुधार गर्ने मुख्य उद्देश्य अनुरुप कार्यक्रम लागु भएका जिल्लाहरुमा ४ वटा मुख्य कृषि उपजहरु क्रमस चिया, अलैची, अदुवा र डेरी मुल्य श्रृखलाको विकास, प्रवर्धन, व्यवसायीकरण तथा सडक पूर्वाधार स्तरोन्नती लगायतका विविध कार्यक्रमहरु सन्चालन गरिरहेको छ । पूर्वी पहाडका सात जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न गाउँका किसानलाई व्यवसायीकरण गरी आय आर्जन वृद्धिमा उन्नतीले टेवा पुर्याएको छ ।
डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती कार्यक्रम मार्फत चिया, अलैची, अदुवा खेती र पशु पालनमा व्यवसायीकरण गरिरहेको छ । किसानको उत्पादनलाई बजारमा पुर्याउनको लागि सडक पूर्वाधार निर्माणको कामपनि भैरहेको छ । संखुवासभामा उन्नती च्यालेन्ज फण्ड अन्र्तगत ६ वटा र उन्नती प्रत्यक्ष सहयोग कार्यक्रम अन्र्तगत १२ स्थानमा समुदाय स्तरका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको आयोजनाले जनाएको छ । त्यस्तै प्रत्यक्ष सहयोग कार्यक्रम अन्र्तगत डेरी मुल्य श्रृखलामा थप दुई ओटा कार्यक्रमका लागी अनुदान सम्झौताको प्रकृया अगाडि बढेको छ ।
मकालु चिया तथा कफी उत्पादन सहकारी संस्था मुढे तथा वानेश्वर चिया तथा उद्योग प्रालि चैनपुरको चिया प्रशोधन उद्योग सञ्चालन गर्नको लागि ३९ लाख १० हजार, टिएमजे कृषि तथा कृषि पर्यटन विकास केन्द्रमा अलैंची प्रशोधन तथा भण्डारण गृह सन्चालनकोे लागि ३९ लाख ३४ हजार, माम्लिङुग दुग्ध सहकारी संस्थाको डेरी उद्योग सन्चालनको लागि २१ लाख ८५ हजार, लोहाकोट बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्मलाई दुध संकलनतथाचिस्यान केन्द्र निर्माणका लागी १४ लाख ९० हजार, मागध कृषि केन्द्र (पोषण डेरी) उद्योग सन्चालनको लागि२० लाख २६ हजार तथा कालिका कृषि सहकारी संस्थामा अदुवा प्रशोधन तथा भण्डारण गृहको लागि ११ लाख १५ हजार रुपैयाँ अनुदान दिइने आयोजनाले जनाएको छ ।
चिया, अलैची, अदुवा तथा दुध प्रशोधनको लागि पुर्वाधार निर्माणको कार्य सम्पन्न भएको छ भने अनुदान पाउने सस्थाहरुका लागी मेसिन उपकरण खरिद प्रकृया अगाडि बढेको छ ।संखुवासभाको आँखीभुइँ, माम्लिङ्ग, चैनपुर,खाँदवारी, सितलपाटी, दिदिङ्ग, माङ्गतेवा,पाथिभरा लगायतका स्थानमा किसानलाई समुदायमा आधारित कार्यक्रम सञ्चालन गरेको उन्नती कार्यक्रमका कृषि व्यवसाय विज्ञ दिपेन्द्र पन्तले बताए । ‘कृषक तथा उद्यमीलाई ५० देखि ९० प्रतिशत सम्म अनुदान सहयोग प्राप्त हुनेछं,’पन्तले भने, ‘उत्पादन बढाएर जीविकोपार्जनमा सुधार ल्याउने योजना हो ।’
उन्नतीले विभिन्न निजि उद्यमी तथा सहकारी संस्थामार्फत किसानलाई अनुदानदिँदै आएको छ । सो कार्यक्रमले किसानको आयस्तरमा सुधार ल्याउन टेवापुगेको स्थानीयकिसान बताउँछन् । उन्नती कार्यक्रमको सहयोगले किसानको आय आर्जनमा सुधार ल्याउन सहयोग पुगेको मकालु चिया तथा कफी उत्पादक सहकारी संस्थाका अध्यक्ष भिम लिंखाले बताए ।मकालु सहकारीमा करिब एक सय जना किसान आबद्ध रहेको उनले बताए । ‘चियालाई गुणस्तरीय बनाएर अन्तराष्ट्रिय बजारमा बिक्री गर्ने योजना हो,’ उनले भने, ‘अर्गा्निक चिया उत्पादनमा सघाएकाले निकै उत्साहित भएका छौं ।’ किसानलाई तालिम सहितउत्पादित वस्तुको प्रशोधन गरी बजारीकरण गर्नको लागि प्रशोधन तथा भण्डारण केन्द्र निर्माणको लागि संखुवासभामा मात्र एक करोड ४६ लाख रुपैयाँ अनुदान उपलव्ध हुने छ । ‘अगुवा किसानलाई तालिम तथा प्रविधि पनि सिकाउदै छौं,’ पन्तले भने, ‘उन्नति प्रविधिलाई अभियानकै रुपमा सञ्चालन गरिएको छ ।’
यसैबिच पुर्वाधार विकास तर्फ संखुवासभा जिल्लामा हाल २ वटा ग्रामिण सडकहरु चैनपुर–नुनढाकि–गुफापोखरी सडक (२०.०५५ कि.मि) तथाभ्याङ्गखोला–याफुडाँडा–तोम्वे सडक (१५.३११ कि.मि) को स्तरोन्नतीको काम भैरहेको छ । यसैगरी पिलुवा खोला पुल निर्माणको कार्य पनि भैरहेको छ । कार्यक्रमका पुर्वाधार विज्ञ शशिकुमार यादवका अनुसारहाल सम्म चैनपुर–नुनढाकि–गुफापोखरी सडक को काम ३९ प्रतिसत तथा भ्याङ्गखोला–याफुडाँडा–तोम्वे सडकको कामकरिव १६ प्रतिसत सम्पन्न भएको छ,। स्मरण रहोस, सडक स्तरोन्नतीका सवै कामहरु जिल्ला प्राविधिक कार्यालय मार्फत सन्चालन भैरहेका छन् ।सडक पुर्वाधार स्तरोन्नतीको कार्य विगतमा केहि मन्द गतिमा भएपनि हाल द्रुतगतिमा भैरहेको छ ।
चैनपुर–नुनढाकि–गुफापोखरी सडकमा हाल ग्रावलिङ्गको कामकरिव ७ किमि सम्म भैरहेको छ । भ्याङ्गखोला–याफुडाँडा–तोम्वे सडकमा करिव ८ कि.मि सम्म संरचना निमार्णको कामभइरहेको छ । पिलुवाखोला पुलतर्फ तचगकक truss fabrication को लागी सम्झौता भैसकेको तथा एकातर्फको पिलरको बेस ढलान कार्य समेत सम्पन्नभएको छ । हाल सवै काम द्रुतगतिमा भैरहेका छन् । आवश्यक म्यानपावर र थप मेसिनको व्यवस्था गरेर अवको केहि महिनाभित्र सम्पुर्ण काम सम्पन्न गरिने जनाइएको छ ।
उन्नती कार्यक्रम जिल्ला कार्यालय संखुवासभाको कुल स्विकृत वजेट रु ३० करोड मध्ये पुर्वाधार विकास तर्फ २७ करोड तथा मुल्य श्रृखला विकास तर्फ ३ करोड रहेको छ । पुर्वाधार विकास तर्फको सम्पुर्ण रकम उन्नतीको अनुदान सहयोग हो भने मुल्य श्रृखला विकास तर्फ उन्नतीको अनुदान सहयोग रु १ करोड ६८ लाख रहेको छ । उन्नती मुल्य श्रृखला अन्र्तगतका आयोजनाहरुमा ५० प्रतिशत देखि ९० प्रतिसत सम्म अनुदान सहयोग उपलव्ध गराउदै आएको छ । उन्नती कार्यक्रम डिसेम्वर २०१८ मा समाप्त हुने जनाइएको छ ।