भोजपुर, १ माघ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरी माथी हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्धा दर्ता गराई कारवाही अगाडी वढाएको छ ।
भोजपुर नगरपालिका –५ वोमिखमा गस्ती रहेको प्रहरी माथी हातपातसंगै गालीगलोज गर्ने सोही स्थानका ५५ वर्षिय हरिवहादुर प्रधान, ३४ वर्षिय विकास कुमार राई र ३२ प्रकास कुमार राईलाई सार्वजनिक मुद्धा चलाएको हो । मध्ये पहाडी लोक मार्गमा गस्तीमा रहेको प्रहरीको भ्यानलाई रोकेर प्रहरी माथी हातपात गरेको प्रहरीको भनाई छ ।
उनीको हातपातको कारण सई गणेश नारायण श्रेष्ठको वर्दी समेत च्यातिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका मध्ये एक जनाको स्वास्थ्य अवस्थामा केहि समस्या देखिएको कारण परिवारको जिम्मामा उपचारको लागि विराटनगर पठाइएको प्रहरीले भनाई छ ।
गत पौष २७ गते काठ तस्करी भइरहेको भन्ने सुचनाको आधारमा गस्तीमा गएको प्रहरी माथी उनीहरुले हातपात गरेको प्रहरी जनाएको छ ।