भोजपुरको शिद्धेश्वर माविलाई विक्रमको साढे ५ लाख आर्थिक सहयोग, को हुन् विक्रम ?


भोजपुर,२६ पौष ।

भोजपुर नगरपालिका– ४ मा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयलाई एक समाजसेवीले साढे ५ लाख वढी आर्थिक सहयोग गरेका छन् । विद्यालयलाई ५ रोपनी ८ आना जग्गा खरिद गर्नका लागि शिद्धेश्वर नै जन्मथलो रहेका विक्रम विष्टले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् ।
विष्ट हाल काठमाण्डौ महानगरपालिका – ४ माल्लिकाटारमा वस्दै आएका आएका छन् । शिद्धेश्वरबाट २०४७ मा नै काठमाण्डौ गएको भए पनि आफु पढेको विद्यालयलाई सहयोग गरेको विष्टको भनाई छ । उनले भने ‘मैले कक्षा १० सम्म त्यही विद्यालयकमा पढेको र आफ्ना गाउँका दाजु भाई दिदी वहिनीहरुका छोराछोरीले सहज रुपमा शिक्षा लिन सकुन भनेर सहयोग गरेको हुँ ।’
उनले विद्यालयको वचत हिसाव नं २१८ मा रकम जम्मा गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरिवहादुर खड्काले जानकारी दिए । विष्टले यस अघि पनि सो विद्यालयलाई सहयोग गर्दै आएको अध्यक्ष खड्काको भनाई छ ।

२०५६ सालमा कुमारी वैंकको सस्थापक भएर काम थालनी गरेका विष्टले अहिले वैक तथा वित्तिय संघ सस्थासंगै ,विभिन्न आयोजनामा काम गर्दै समाज सेवा गरिरहेको वताएका छन् । समाजसेवी विष्ट सुर्य लाइफ इन्सुरेन्स,कुुमारी वैक, लाइन्स व्लड वैंकका फाउन्डर रहेका छन् ।

त्यस्तै सुपरमाई हाइड्रोपावरको डाइेक्टर, आइ सी एफ सी फाइनान्स्का फाउन्डर तथा डाइरेक्टर, इसुवा हाइड्रोपावर र विष्ट ट्रेडिङ्ग हाउसका प्रमुख, एवं सञ्चालनको प्रक्रियामा रहेको वैंक अफ चाइनाको फाउन्डर रहेका छन । विष्टले जल विद्युत विस्तारको क्षेत्रमा विभिन्न ठाँउमा काम गरिहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार