कांग्रेसले बुझायो ७२ सांसदको नाम


काठमाडौँ, १५ पुस । कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्येबाट ७२ सांसदको नाम आज अबेर निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको कार्यसम्पादन समिति वैठकले ७२ सांसदको नाम टुङ्गाएर निर्वाचन आयोगमा बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले समानुपातिक प्रदेशमा तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार