भोजपुरमा १० वर्षिय वालिका चाँदनीको जन्म दर्ता नहुँदा समस्ययै समस्या, प्रशासन धाउदैमा ४ वर्ष वित्यो, साइली दिदीको !!


भोजपुर, १४ पौष ।
भोजपुर नगरपालिका –१२ पैंयापानी की एक वालिकाको जन्म दर्ता नहुँदा राज्यबाट पाउने सुविधाबाट वन्चित भएकी छिन् । सानै उमेरमा वावुको मृत्यु भएको र आमा पनि ३ वर्ष देखि वेपता भएको कारण १० वर्षिय वालिका चादनी ढकालको जन्म दर्ता नभएको हो ।
वावु मृत्यु भए पस्चात आमाले वालिकालाई अलपत्र पारेर छोडेपछि सोही वडा की कृष्ण कुमारी खत्री (साइली दिदी) उनको पालन पोषण गर्दै आएको वताइन् । खत्रीकै पहलमा विद्यालयमा भर्ना भएकी उनी अहिले शिशु आदर्श प्राथमिक विद्यालय पुरानो डवलीमा कक्षा ५ पढ्दै आएकी छिन् ।
तर जन्म दर्ता नहुँदा पठन पाठनमा पनि समस्या भएको छ । विद्यालयले पटक- पटक जन्म दर्ता माग्दा समेत दिन नसकेको खत्रीको भनाई छ । यदि वालिकाको समयमै जन्म दर्ताको कागजात नवुझाएमा विद्यालय जानवाट  समेत वञ्चित हुने खत्रीको भनाई छ । खत्रीले भनिन्, ‘सानै उमेरमा वावुको मृत्यू भए पछी आमा वेपता भइन्, मैले ७ वर्ष देखि पालन पोषणसंगै पढाउदै आएकी छु, विद्यालयमा भर्ना त गरे तर जन्मदर्ता नहुँदा समस्या छ।

विद्यालयले पनि मसंग धरै पटक जन्म दर्ताको प्रमाण पत्र मागी सक्यो, मैले कहाँबाट ल्याएर दिनु’  ? वाललिकाको जन्मदर्ताको लागि सरोकारवाला निकायसंग कुरा गर्दा कनै पनि चासो नदेखाएको उनको भनाई छ ।
जन्म दर्ता नहुँदा वैंकमा उनको नाममा रहेको वैक खाता सञ्चालनमा पनि समस्या भएको छ । उनै खत्रीले उनको नाममा खाता खोलेर वचत पनि गराई दिदै खाएकी छिन् । त्यहा पनि जन्म दर्ताकै कारण समस्या रहेको खत्रीको भनाई छ । उनले सरोकारवालालाई वालिकाको जन्म दर्ताको लागि पहल गर्न समेत आग्रह गरेकी छिन् ।

यता सो वडाका वडा अध्यक्ष कुमार प्रसाद श्रेष्ठले वालिकाको जन्म दर्ताको लागि पहल गर्ने वताएका छन् । उनले भने ‘वालिकाको विषयमा मलाई पनि जानकारी छ, त्यसको प्रक्रिया वुझेर मेरो तर्फबाट काम अगाडी वढाउछुु।’
। साइली दिदीको नामबाट चिनिने खत्रीले जिल्ला अस्पताल भोजपुरमा २० वर्ष देखि काम गर्दै वेसाहारा, असक्त तथा वालिकाहरुको हेरचाह समेत गर्दै आएको वताएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार