गणेश विष्ट, भोजपुर ६ पौष ।
हाम्रो समाजमा पढेलेखेको मानिसले काम गर्न हुदैन ईज्जत जान्छ भन्ने चलन छ तर भोजपुर एक युवा भने कृषि पेशा लागेर गतिलो उदाहरण दिएका छन् । समाज शास्त्रमा (पिएचडी) विद्यावारीधी गरेका भोजपुर नगरपालिका –१० का चक्र बहादुर कार्कीले चार सय रोपनी क्षेत्रफलमा व्यावसायिक अलौँची खेती शुरु गरेर सामाजको लागि उदाहरणिय व्याक्ति वनेका हुन् । हाल कार्कीको अधिकांश सयम अलैचीको हेरचाह गर्दैमा वित्ने गरेको छ । उनले ३० लाख रुपैया लगानी गरेर कृषि पेशा अगालेका हुन् ।
नेपाली युवाहरु रोजगारको खोजिमा दिन प्रतिदिन विदेश गईरहेको अवस्थामा नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने लक्ष्यका साथ कृषिमा लागेको कार्कीको भनाई छ । खाद्यन्न बालिवाट भन्दा अलौँची खेतीबाट धेरै आम्दानी लिन सकिने कार्की बताउछन् ।
समाज शास्त्रमा विधाबारीधी गर्दै गरेका कार्की कृषी पेशालाई सम्मान जनक पेशाको रुपमा विकास गर्न र स्वरोजगार बन्नका लागि यो व्यवासय रोजको कार्की बताउछन् । उनि भन्छन् “अलौँची खेतीवाट बार्षिक नहुँदा पनि २०÷२१ लाख आम्दानी हुन्छ अनि किन अन्य पेशा खोज्नु ?” कार्कीले आफुसंगै दश जनालाई रोजगार समेत दिएका छन् । कार्कीको बगानमा अलौँचीसंगै एक लाख ५० हजार भन्दा बढी अलौचीका विरुवा समेत रहेको उनि बताउछन् ।
लाखौ रुपैया खर्च गरेर विदेश जानुु भन्दा त्यो विदेशमा गएर अरुको नोकरी गर्नु भन्दा नेपालमौ बसेर केहि गर्न सकिने उनको भनाई छ । भोजपुरमा पछिल्लो समय धेरै युवाहरु कृषी व्यवसाय तिर आकृषीत हुन थालेको जिल्ला कृषी विकास कार्यालयको भनाई छ ।
अलौँचीको पकेट क्षेत्रको रुपमा लिएको भोजपुरमा गत वर्ष १ सय ५५ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । गत बर्ष भन्दा अलौँचीमा रोग लागेको काराणले उत्पादनमा केहि कमी आएको जिल्ला कृषी विकास कार्यालयको भनाई छ ।